चर्चित भारतिय गायिका लता मंगेसकरले कोरोना भाईरसको संक्रमण रोक्नका लागि २५ लाख सहयोग गर्ने भएकी छन् । विश्व ब्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारार्थ गायिका मंगेसकरले महाराष्ट्रका मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी हुन् ।
कोरोनाका कारण भारतिय नागरिकको मृत्यु हुनुका साथै संक्रमितको संख्या बढ्दै गएपछि उनले यस सहयोगको घोषणा गरेकी हुन् । यस अघि सोमबार सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान गर्ने घोषणा गरेका छन् भने बलिउड कलाकर्मी अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग गर्ने बताइसकेका छन् ।
प्रतिक्रिया