गायिका सुरेखा क्षेत्रीको नयाँ गीत ‘भुर-भुर पुतली’ सार्वजनिकको अन्तिम तयारीमा रहेको छ । मिस्टर आरजे र नवराज कलाउनीको शब्द तथा मिस्टर आरजेको संगीत रहेको यो गीत भिडियो सहित केही दिनमा नै स्रोता दर्शकमाझ आउन लागेको हो ।
गीतको टिजर सार्वजनिक भएसंगै यस पटकको सुरेखाको गीत अत्यन्त राम्रो रहेको अनुमान गरिएको छ । चर्चित गायक समिर आचार्य र सुरेखाको युगल आवाज रहेको यस गीतमा नायक पुष्प खड्का र चर्चित टिकटक गर्ल गरिमा शर्माको आकर्षक अभिनय रहेको छ ।
युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक हुन लागेको यस गीतको भिडियोका निर्माता अमेरिका निवासी सञ्चारकर्मी किशन रेग्मी हुन् भने कार्यकारी निर्मातामा उद्धव राज सिलवाल र रायन रायज रहेका छन् । भिडियोलाई पछिल्लो समयका ब्यक्त निर्देशक बिधान कार्कीले निर्देशन गरेका हुन् ।सुदुर र मध्य पश्चिमको मौलिक भाषाको समेत प्रयोग गरिएको यस गीतको अडियो भिडियो नयाँ फ्लेवरका साथ धमकेदार शैलीमा सांगीतिक बजारमा आउने तयारीमा छ ।
नेपाली समुदायको बसोबास रहेको भारतको आसाममा जन्मिएकी गायिका सुरेखा क्षेत्री भ्वाईस अफ नेपाल मार्फत चर्चामा आएकी गायिका हुन् । आसाम रहँदा नै आसामी गीतहरुमा आवाज र अभिनय गरिसकेकी सुरेखाले समिर आचार्यको लभ लेटर गीतबाट नेपाली संगीत क्षेत्रमा प्रवेस गरेकी हुन् त्यसपछि समिर र सुरेखाले लगातार गायक समिरसंग सहकार्य गर्दै आएकी छन् । यि दुई गायक गायिकाको यस अघिका लभ लेटर, असार पनि गयो र रेल गाडी गीत सार्वजनिक र अत्यन्त लोकप्रिय भै सकेका छन् ।
प्रतिक्रिया