US Khabar

अविरल वर्षाले सडकमा क्षति पुर्‍याएपछि गर्भवतीलाई सेनाको हेलिकप्टरबाट उद्धार

- Admin | ३ वर्ष पहिले प्रकाशित

अविरल वर्षाले सडकमा क्षति पुर्‍याएपछि गर्भवतीलाई सेनाको हेलिकप्टरबाट उद्धार

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई बिहीबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बिहान ८ बजेदेखि भर्ना गरिनुभएका ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौं पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।

शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिनुभयो ।

अविरल वर्षाले सडकमा पनि क्षति पुर्‍याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ । (रासस)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">