US Khabar

लेबनानको बेरुत बिष्फोटमा ज्यान गुमाउनेको संख्या १३५ पुग्यो – ४ हजार बढि घाईते

- Admin | ३ वर्ष पहिले प्रकाशित

लेबनानको बेरुत बिष्फोटमा ज्यान गुमाउनेको संख्या १३५  पुग्यो – ४ हजार बढि घाईते

लेबनानको राजधानी बेरुतमा भएको शक्तीशाली विष्फोटमा परी ज्यान गुमाउनेको संख्या १ सय ३५  ब्यक्तीको ज्यान गै सकेको छ भने घाईतेको संख्या चार हजार भन्दा बढी पुगेको छ । ‘एमोनियम नाइट्रेट’ नामक विष्फोटक पदार्थ भण्डार गरिएको बन्दरगाहमा रहेको गोदममा भएको बिष्फोटका कारण लेबनानमा ठुलो मानविय क्षती भएको हो ।

करिब २ हजार ७५० टन ‘रासायनिक पदार्थ भण्डारण गरिएको सो गोदाममा बिष्फोट भएपछि पर पर सम्मका घरहरुमा क्षती पुग्नुका साथै मानविय क्षती हुन पुगेको हो ।

आकाशमा बादल लागेजस्तो आगो र धुवाँको मुस्लो देखिएका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भईरहेका छन् । धेरै घरहरुमा समेत क्षती भएको यस बिष्फोटमा स्थलगत रिपोटिङमा रहेका पत्रकारले मान्छेहरु रगताम्य अवस्थामा सडकमा चिच्याउँदै भागाभाग रहेको र घरहरुमा ठुलो क्षती पुगेको बताएका थिए ।

बेइरुतमा भएको ठूलो विष्फोटनको अनुसन्धान सुरु गर्नुअघि नै केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनान सरकारले जनाएको छ ।

विष्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो । (एजेन्सी)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">