US Khabar

‘प्रचण्ड’ निवासका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

‘प्रचण्ड’ निवासका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा कार्यरत ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

बुधबार त्यहाँ कार्यरत सबै सुरक्षाकर्मी र अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब जाँच गरिएको थियो । सुरक्षाकर्मीमा कोरोना देखिए पनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">