US Khabar

मिस्टर आरजेको बहुप्रतिक्षित गीत ‘भुर-भुर पुतली’को टिजर सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

मिस्टर आरजेको बहुप्रतिक्षित गीत ‘भुर-भुर पुतली’को टिजर सार्वजनिक

चर्चित र्यापर, गीतकार तथा संगीतकार मिस्टर आरजेको नयाँ गीत सार्वजनिकको अन्तिम तयारीमा रहेको छ । नवराज कलाउनी र मिस्टर आरजे स्वयंको शब्द रहेको ‘भुर-भुर पुतली’ बोलको गीत गायक समिर आचार्य र गायिका सुरेका क्षेत्रीको स्वरमा भिडियो सहित सार्वजनिकको तयारीमा रहको छ ।

युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक हुन लागेको यस गीतको भिडियोमा नायक पुष्प खड्का र टिकटक मार्फत चर्चामा आएकी कलाकार गरिमा शर्माको अभिनय रहेको छ ।

संचारकर्मी किशन रेग्मी निर्माता र उद्धव राज सिलवाल र रायन रायज कार्यकारी निर्माताका रहेको यस गीतको भिडियोलाई पछिल्लो समयका ब्यक्त निर्देशक बिधान कार्कीले निर्देशन गरेका हुन् ।

यति यति पानी, पिचरोड, भुण्टी, नौटंकी माया, बनारसको साडी लगायतका दर्जनौं हिट गीतमा शब्द, संगीत तथा र्याप प्रस्तुग गरेका मिस्टर आरजेको नयाँ आउँदै गरेको गीत भुरभुर पुतलीको टिजर सार्वजनिक भएसंग उनको यो गीत पनि दर्शकमाझ अत्याधिक लोकप्रिय हुने देखिएको छ ।

सुदुर र मध्य पश्चिमको मौलिक भाषाको समेत प्रयोग गरिएको यस गीतको अडियो भिडियो नयाँ फ्लेवरका साथ धमकेदार शैलीमा सांगीतिक बजारमा आउने तयारीमा छ ।

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै आयामका रुपमा बिकास हुँदै गरेको र्याप गायनप्रति युवा आकर्षण बढिरहेको पाईन्छ । विश्वका धेरै मुलुकहरुमा र्याप गायनको ईतिहास पुरानो भै सकेपनि नेपालमा भने र्याप गायन केही बर्षअघिबाट मात्र बिकास भएको हो । तर नेपालमा सार्वजनिक भएका र्याप गायनमा छनौट भएका शब्दका कारण यो विवादिन रहँदै आएको थियो र आकर्षण पनि कम । यहि बिचमा सुदुर पश्चिम क्षेत्रबाट आएका मिस्टर आरजे जसले र्याप सुन्ने संस्कारलाई एकाएक माथी पुर्याईदिए ।

नेपाली मौलिक र परम्परागत शब्दको प्रयोग गरि उनले ल्याएका र्यापप्रति बालक देखी बृद्ध सम्म सकारात्मक देखिन्छन् । यसर्थ उनका फ्यानहरु अत्याधिक रहेका छन् । उनि राम्रा गीतकार र संगीतकार पनि भएकाले उनका पछिल्ला गीतहरु प्राय सबै नै चर्चामा छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">