नेपाली सांगीतिक क्षेत्रमा पछिल्ला बर्षहरुमा अत्यन्त ठुलो लोकप्रियता हासिल गरेको नाम हो समिर आचार्य । झट्ट हेर्दा समिर युवा पुस्ता लक्षित गायक देखिन्छन् । तर उनका गीतहरु बालक देखी बृद्ध सम्म लोकप्रिय बन्दै आईरहेका छन् । हैन भन्देउन, मेरो दुनियाँ बेग्लै छ, चट्ट सलाम, पिचरोड, घाममा सुकाईदेउ घिनघिन मादल हुँदै स्यानोमा स्यानो, रेल गाडी, ब्याण्ड बाजा घाँगरा चोली सम्म आईपुग्दा उनका गीतहरु सर्वाधिक सफल रहे । उनको नयाँ गीत ‘भुर-भुर पुतली’ सार्वजनिकको अन्तिम तयारीमा छ ।
‘भुर-भुर पुतली’ पुतली गीतको छायांकन समेत सकिसकेको छ । गायक समिर र गायिका सुरेखा क्षेत्रीको युगल आवाज रहेको यस गीतमा नायक पुष्प खड्का र टिकटक मार्फत चर्चामा आएकी कलाकार गरिमा शर्माको अभिनय रहेको छ ।
राजेन्द्र भट्ट अर्थात मिस्टर आर जेको र नवराज कलाउनीको शब्द तथा मिस्टर आरजे स्वयंको संगीत रहेको यस गीतको टिजर सार्वजनिक भएसंगै दर्शक स्रोतामा पनि उत्साह थपिएको छ । संचारकर्मी किशन रेग्मी निर्माता रहेको यस गीतको कार्यकारी निर्माताका रुपमा उद्धव राज सिलवाल र रायन रायज रहेका छन् । बिधान कार्कीको निर्देशनमा निर्माण भएको भिडियोको टिजर हेर्दा यस पटक पनि समिरको गीतले पुरानै स्टारडम हासिल गर्ने देखिन्छ । सुदुर र मध्य पश्चिमको मौलिक भाषाको समेत प्रयोग गरिएको यस गीतको अडियो भिडियो नयाँ फ्लेवरका साथ धमकेदार शैलीमा सांगीतिक बजारमा आउने तयारीमा छ ।
तत्कालिन समयका लोकप्रिय गायक तथा संगीतकार डा. गोविन्द आचार्यका छोरा हुन् समिर आचार्य भन्ने कमैलाई थाहा होला । किनकी उनि आफ्नै खुविले सांगीतिक क्षेत्रमा स्थापित भएकाले उनलाई बुवाको नामको साहारा लिनै परेन । कक्षा ९ मा पढ्दा ओठको लाली बोलको गीत रेकर्ड गराएर औपचारिक संगीत यात्रामा प्रवेश गरेका समिर ।
प्लस टु पढ्दाबाट नै राज जे का रुपमो मध्यपश्चििमको पहिलको एफएम स्टेसन रेडियो मध्यपश्मि र स्वर्गद्वारी एफएममा काम गरेका उनि २०६५ सालमा उच्च शिक्षाका लागि अष्ट्रेलिया गएका थिए । सो समय देखी अष्ट्रलियामा नै रहेका उनले २०६९ सालमा तरज र २०७१ सालमा बडा गज्जव नामका एकल एल्वम सार्वजनिक गरेका थिए । त्यस लगत्तै २०२७ सालमा होईन भन्देउन माया गीतले दिलाएको सफलता पश्चात उनि निरन्तर लोकप्रियता हासिल गर्दै आएका गायक हुन् ।
प्रतिक्रिया