नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । पर्सा र विरगञ्जमा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भए संगै संक्रमितको मृत्यु संख्या ६० पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बिहान मृत्यु भएका वीरगन्जका ४६ वर्षीय पुरुषको र सोमबार मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमा कोरोना पुष्टी भएको हो ।
मृतक मध्य वीरगन्जका ४६ वर्षीय पुरुषलाई साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो पर्साकी १८ बर्षिया युवतीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । जसको मृत्यु पश्चात संक्रमण पुष्टी भएको हो ।
प्रतिक्रिया