US Khabar

जम्मू, कश्मीर, लद्दाख र जूनागढ़ सहित पाकिस्तानको नयाँ नक्सा सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

जम्मू, कश्मीर, लद्दाख र जूनागढ़ सहित पाकिस्तानको नयाँ नक्सा सार्वजनिक

पाकिस्तानले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेको छ । पाकिस्तानले जम्मू, कश्मीर, लद्दाख र जूनागढ़ समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको हो ।

यस अघि भारतको भनिएका यि क्षेत्र पाकिस्तानी नक्सामा आएसंगै पाकिस्तानी जनता खुसी देखिएका छन् तर भारतले भने पाकिस्तानले जारी गरेको नक्शाको कुनै वैधता नभएको प्रतिक्रिया दिएको छ ।

मंगलबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले गत साल अगस्ट ५ मा कश्मीरमा जे गैरकानुनी कदम उठायो पाकिस्तानको अहिलेको राजनितिक नक्शाले त्यसलाई नकार्ने प्रष्ट पार्दै मन्त्रिपरिषदको यो निर्णयलाई विपक्षी पार्टी र कश्मिीरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले समेत स्वागत गरेको बताएका छन् ।

भारतिय सिमा क्षेत्रमा हुँदै आएको विवादपछि अहिले सिमा जोडिएका नेपाल, चिन पाकिस्तान भारतिय अतिक्रमणको बिरोध गर्दै आएका छन् । नेपालले पनि केही समय अघि लामो समयदेखी भारतले अतिक्रमण गरेको क्षेत्र सहितको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">