नेपालगञ्ज कारागारमा १३ जनालाई कोरोना पुष्टि भएको छ। कारागारका रहेका ७ जना कैदी र ६ जना प्रहरी सहित १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
कारागारमा केही दिनअघि पनि १ कैदी र प्रहरीलाई कोरोना देखिएको थियो । बाँकेमा समुदायस्तरमा कोरोना देखिएपछि यहाँ निषेधाज्ञा जारी गरिएको छ ।
विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट नेपालमा हाल सम्म ५८ जनाको ज्यान गै सकेको छ भने २१ हजार ९ जनामा संक्रमण पुष्टी भएको छ ।
प्रतिक्रिया