लामो समयदेखी अमेरिकाकाको टेक्ससमा रहेर पनि नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएकी बिटु केसी पछिल्ला बर्षहरुमा राम्रो गीतकारका रुपमा पनि परिचित छिन् । हिमालयन खबरको सम्पादक समुहमा कार्यरत केसी नेपाल अमेरिका पत्रकार संघ (नेजा)की पूर्व कोशाध्यक्ष समेत हुन् भने विभिन्न सामाजिक कार्यमा उनको प्रतक्ष्य र लेखकिय सक्रियता रहँदै आएको छ । ‘मायाको मात’ मुक्तक संग्रह समेत प्रकाशित केसीका यस अघी बत्ती निभेको शहर भो जिन्दगी, यि आँखाले, आधा मन स्वदेशमै, लगायतका गीतहरु सार्वजनिक भएका छन् ।
प्रतिक्रिया