US Khabar

कोरोनाबाट लिबियाका पूर्वप्रधानमन्त्री जिब्रिलको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोनाबाट लिबियाका पूर्वप्रधानमन्त्री जिब्रिलको मृत्यु

लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरसबाट मृत्यु भएको छ । ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो ।

उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख थिए । उनी दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए ।

उनी मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना भएका थिए । त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । लिबियामा अहिलेसम्म १९ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">