आज साँझ लेबनानको राजधानी बेरुतमा शक्तीशाली विष्फोट भएको छ । विष्फोटक पदार्थहरू भण्डार गरिएको बन्दरगाहमा रहेका गोदाममा भएको सो विष्फोटले ठुलो क्षेत्रमा असर पुग्न गएको हो ।
ठुलो संख्यामा मानविय क्षती भएको हुन सक्ने यस बिष्फोटबारे स्पष्ट क्षती विवरण आई सकेको छैन यद्यपी आकाशमा बादल लागेजस्तो आगो र धुवाँको मुस्लो देखिएका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भईरहेका छन् ।
धेरै घरहरुमा समेत क्षती भएको यस बिष्फोटमा स्थलगत रिपोटिङमा रहेका पत्रकारले मान्छेहरु रगताम्य अवस्थामा सडकमा चिच्याउँदै भागाभाग रहेको र घरहरुमा ठुलो क्षती पुगेको बताएका छन् ।
यस विष्फोटमा परी अहिले सम्म ५० जना भन्दा बढिको ज्यान गएको छ भने । प्रारम्भीक उद्धारका क्रममा मात्र ५० जनाको शव भेटिनुले अझै मृतकको संख्या बढि रहेको अनुमानका साथ सो क्षेत्रमा उद्धारकर्मी खटिईरहेका छन् । हजारौं मानिसहरु घाईते भएको यस घटनामा सयौं गम्भिर घाईते भएका छन् ।
प्रतिक्रिया