स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छोड्ने निर्णय गरेका छन् । भ्रष्टचार आरोप लागेपछि ८२ वर्षीय पूर्व राजा ख्वान कार्लोसले स्पेन छोड्ने निर्णय गरेका हुन् ।
स्पेनको सर्वोच्च अदालतले गत जुनमा साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्झौतामा पूर्व राजा कार्लोसको संलग्नता रहेको भन्दै अनुसन्धान थालेको थियो । आफु निर्दोश रहेको दावी गर्दै आएका उनले भ्रष्टाचारबारे अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता आफुसंग गर्न चाहेमा आफू तयार रहेको पनि बताएका छन् ।
६ वर्षअघि छोरा फेलिपेलाई सत्ता हस्तान्तरण गरेका कार्लोसले आफुले देश छोड्ने निर्णय गरेको कुरा छोरालाई पत्र लेखेर जानकारी गराएका हुन् । तर उनि स्पेन छोडेर कहाँ जादैंछन् भन्ने बारे स्पष्ट भै सकेको छैन । (एजेन्सी)
प्रतिक्रिया