अमेरिकाको क्यारेबियन क्षेत्रमा फैलिएको शक्तीशाली आँधीका कारण सो क्षेत्रका मानिसहरुलाई सतर्कता अपनाउन आह्वान गरिएको छ । दुई जनाको ज्यान समेत गै सकेको क्यारेबियन क्षेत्रको इसाइस’ आँधी अमेरिकाको पूर्वी तटिय क्षेत्रतर्फ बढेको सुचना दिंदै अधिकारीहरुले उच्च सतर्कताका लागि मानिसहरुलाई आह्वान गरेका हुन् ।
अधिकारीहरुका अनुसार यस आँधीले नर्थ क्यारेलाईना र साउथ क्यारेलाईना राज्यहरुमा ब्यापक क्षती पुर्याउन सक्ने खतरा रहेको छ । यो वर्षको नवौं आँधीका रुपमा रहेको यस आँधी १ सय २० किलोमिटर प्रतिघण्टाका बेगले आईरहेको तर क्यारेबियन राज्यहरु पोर्टो रिको र डोमिनिकन रिपब्लीकले कमजोर आंकलन गर्दा मानविय क्षती भएको बताईएको छ ।
एक साता पहिले अमेरिकाको टेक्ससमा शक्तीशाली सामुन्द्रिक आँधीको असर खतरा भएको भन्दै सो क्षेत्रका मानिसहरुलाई चेतावनी दिईएको थियो । टेक्ससको दक्षिण भेगमा हाना नामको सामुन्द्रीक आँधी आएसंगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षा हुन सक्ने भन्दै सुरक्षा चेतावनी दिएका हुन् ।
आन्ध्र महासागरमा तुफान आउने याममा विकसित पहिलो समुन्द्रीक आँधीका रुपमा रहेको यस आँधीले कोर्पस क्रिस्टी र ब्राउन्सभिल शहरमा प्रभाव जमाईरहेको भन्दै महामारी कोभिड १९ को सबैभन्दा उच्च चुनौतीमा रहेको यस भेगमा थप जटिलता सृजना हुन सक्ने भन्दै सतर्ककताका लागि अपिल गरिएको थियो ।
पड्री टापुमा बज्रिएको हाना आँधी प्रतिघण्टा १ सय ४५ किलोमिटरसम्मको वेगमा सो क्षेत्रमा फैलिएको थियो जसका कारण धेरै घरका छानाहरु समेत उडाएको थियो ।
प्रतिक्रिया