Jगायिका शिलु भट्टराईको यो बर्षको तीज गीत ठुल्दिदी’ सार्वजनिक भएको छ । गणेश अधिकारीको शब्द तथा नन्दु परियारको लय सृजना रहेको यो गीत गायिका शिलु र गायक तथा सर्जक नन्दुको युगल स्वरमा भिडियो सहित सार्वजनिक भएको हो ।
अलिफ खानको संगीत संयोजन रहेको गीतमा चेली माईतीको सम्बन्धलाई प्रस्तुत गरिएको छ । दिदी भाईको संवाद शैलीमा रहेको गीतमाथी बनेको भिडियोमा गायिका शिलु संगै गणेश सापकोटा, सुमन पौडेल, दिपा बेल्वासे, सुनिता पोख्रेल, एन्जल भट्टराई, अनिश कडेल, रिता गैरे, प्रिन्सी सापकोटा र कृष्ण बेल्बासेको अभिनय रहेको छ ।
विष्णु भट्टराईको निर्देशन,छायांकन तथा सम्पादनमा निर्माण भएको भिडियोको कोरियोग्राफी सुमन पौडेलले गरेका हुन् ।
नेपाली गायन क्षेत्रमा सक्रिय शिलु भट्टराईका यस अघिका तिजमा भँगेरी चरीले, चम्किए तरुनी, पोई कमाउने, मादलु, गाजल लगायतका गीतहरु सार्वजनिक छन् ।
प्रतिक्रिया