अमेरिकामा विगत ३७ बर्षदेखी क्रियाशिल संस्था एसोसियशन अफ नेपालीज इन अमेरिका (एएनए)को कार्यसमिति र सल्लाहकार समितिमा नयाँ पदाधीकारीहरु नियुक्त गरिएको छ । कार्यसमिति र सल्लाहकार समितिको रिक्त पदमा अमेरिकामा सक्रिय रुपमा सामाजिक गतिविधीमा आवद्ध ९ जना लाई मनोनयन गरेको हो ।
यस बिषयमा जारी एएनएको विज्ञप्तीमा उल्लेख भए अनुसार जुलाई २६ गते बसेको कार्यसमिति बैठकले मनोनित ब्यक्तिहरूको नामलाई अनुमोदन गरेको थियो । जस अनुरुप कार्यसमितिको रिक्त रहेको उपाध्यक्ष्य पदमा मुकुन्द ढुङ्गाना, पूर्व क्षेत्रको उपाध्यक्षमा विजय श्रेष्ठ,पश्चिम क्षेत्रको उपाध्यक्षमा डाक्टर दुर्गा दाहाल, सहसचिवमा शैलेन्द्र केसी र सन्चार निर्देशक तथा प्रवक्तामा लक्ष्मण प्रधानलाई मनोनित गरिएको छ ।
त्यस्तै सल्लाहकार समितिमा, बासु फुलारा, योगेन्द्र जोन्छे, मगन देवी श्रेष्ठ र वन्दिता शर्मा दाहाल मनोनित भएका छन् ।
प्रतिक्रिया