स्याङ्जामा एक महिनादेखि बेपत्ता रहेका युवा पंकज गिरी मृत फेला परेका छन् । गत असार १८ गते देखी हराईरहेका स्याङजा चापाकोट नगरपालिका–५ खेसाम काम्ती का गीरी शव स्याङ्जाको फेदिखोला गाउँपालिका(२ भालुपहाडस्थित भीरमा फेला परेको हो ।
पोखरा–५ पस्र्याङ बस्ने १९ बषिर्य गिरी असार १८ गतेबाट सम्पर्क विहिन भएका थिए । पोखरा बाग्लुङ वस पार्कमा रहेको सुनिल अटो पार्टसमा काम गर्ने उनि सो दिन घरबाट पोखरा जान हिंडेका थिए । प्रहरीले लामो अनुसन्धान र खोजी गर्दा पनि फेला नपरेका उनको मोटर साईकल सिद्धार्थ राजमार्गभन्दा ५र ६ सय मिटर तल भालुपहाडको फेदीस्थित सेतीखोलाको जलकुण्डमा भेटिए पछि प्रहरी सोही क्षेत्रमा सक्रिय रुपमा खोजी थालेको थियो अन्नत उनको शव भालुपहाडको भिरमा भेटिएको हो ।
उनको मृत्यु भएको लामो समय भै सकेकाले कपडा सहितको कंकाल मात्र भेटिएको थियो । परिवारले उनको कपडा पहिचान गरेपछि उनि पंकज नै भएको पुष्टी भएको हो ।
प्रतिक्रिया