अविरल बर्षा पछि गएको पहिरोमा परी सिन्धुपाल्चोकमा १० जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको दुई स्थानमा आइतबार राति गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको हो ।
मेलम्ची नगरपालिका ११ मा पुरिएर बेपत्ता भएका कर्भडल निर्माणमा खटिएका ८ जनाकै शव फेला परेको हो जसमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरीको शव रहेको छ ।
पहिरोमा पुरिएकामध्य भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरिएको छ । उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको हेम्स हस्पिटल ल्याइएको छ ।
त्यस्तै सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका( २, बरुवामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । राती सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको हो ।
प्रतिक्रिया