US Khabar

बाराक ओवामा, बिल गेट्स लगायतको ‘ट्वीटर’ ह्याक गरेका १ बेलायती र २ अमेरिकी किशोर पक्राउ

- Admin | ३ वर्ष पहिले प्रकाशित

बाराक ओवामा, बिल गेट्स लगायतको ‘ट्वीटर’ ह्याक गरेका १ बेलायती र २ अमेरिकी किशोर पक्राउ

गत जुलाइ १५ मा बिश्वका प्रख्यात अर्वपती एवं चर्चित व्यक्तिहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक गर्ने तीन जनालाई पक्राउ गरिएको छ । एकाउण्ट ह्याक भएको हो विश्वका प्रख्यात अरबपती, पूर्व अमेरिकी राष्ट्रपति एवं चर्चित व्यक्तीहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक गरेको अभियोगमा एक बेलायती नागरिक दुई अमेरिकी नागरिक पक्राउ परेका हुन् ।

पक्र्राउ परेका उनिहरु १७ र १९ बर्ष उमेरका रहेको बताईएको छ । जसमध्य बेलायतको दक्षिणी तटिय क्षेत्र बोगनोर रेजिसका मैसन शेफर्ड नामका किशोर र अमेरिकाको टैम्प र ओरलान्डोका २ किशोर रहेका छन् ।

ह्याकरहरुले ह्रयाक गरेका एकाउण्टमा समाजका लागि बिटक्वाईन मार्फत एक हजार अमेरिकी डलर दिनेलाई आफूले दुई हजार डिलर फर्काउने लेखिएको थियो । ह्याक गरिएका ट्वटर एकाउण्डबाट चन्दाका लागि अपिल गर्दै पोष्टहरु सार्वजनिक भएका थिए ।

जस मध्य बिल गेट्सको एकाउण्टबाट गरिएको ट्वीटमा सबैले आफुलाई समाजलाई आर्थिक उन्नतीमा ल्याउन अनुरोध गरेकाले त्यसका लागि सबैले रकम जम्मा गर्नु पर्ने र यसबाट दोब्बर पैसा दिने भन्दै लेखिएको छ ‘तपाईं मलाई एक हजार डलर पठाउनुहोस् म तपाईंलाई दुई हजार डलर पठाउनेछु ।’

उनको एकाउण्डबाट यो ट्विट सार्वजनिक भए लगत्तै सयौंको संख्यामा मानिसहरुले लाखौं रकम पनि पठाईसकेका थिए । एकाण्ड ह्रयाक गरेर राखिएका यि पोष्ट केही मिनेटमा नै ह्याकरहरुले हटाएका थिए ।

बाराक ओवामा र अन्य चर्चित ब्यक्तको एकाउण्डबाट पनि यस प्रकारका म्यासेज पोष्ट भएका थिए । यस घटनाबारे गम्भिर छानविन सुरु गरेको जनाउँदै घटनाको अनुसन्धान तथा जाँच नभएसम्म यस ट्विटरको पासवर्ड रिसेट गर्न नसकिने र ट्विट गर्न नसकिने जनाईएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">