संक्रमितको संख्या बढ्दै गएपछि अस्ट्रेलियाको भिक्टोरियामा लकडाउन थप कडा बनाइएको छ । ठुलो संख्यामा संक्रमति बढ्नुका साथै मृत्यु हुन थालेपछि आइतबार साँझ ६ बजेबाट कडाईका साथ लकडाउन लागू गरिएको हो ।
भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयूले राजधानी मेलबर्नमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागु हुने घोषणा गर्दै नागरिकलाई आफ्नो घरको ५ किलोमिटरभन्दा टाढा जान नपाईने नियम लागु गरेका छन् ।
६ सय ७१ जना नयाँ संक्रमित थपिनुका साथै ७ जनाको मृत्यु भएको छ ।
यो साता भिक्टोरिया राज्यमा रहेका १२ जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा नेपाली बिद्यार्थी र एनआरएन पदाधिकारी मध्य १२ जनामा संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण पुष्टि उनिहरु मध्य चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा छन् ।
अष्ट्रेलियामा यसअघि मेलबर्नमा ४ जना नेपालीलाई कोरोना देखिएको पुष्टी भएको थियो उनीहरु उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया