नेपाल पत्रकार महासंघले पत्रकार जयबहादुर रोकायाको निधनप्रति दुःख व्यक्त गरेको छ । शनिवार निधन भएका महासंघका पूर्वकेन्द्रीय सदस्य तथा हुम्ला शाखाका संस्थापक सभापति पत्रकार रोकायाको उच्च योगदानको स्मरण गर्दै उनको निधनप्रति महासंघले दुख ब्यक्त गरेको हो ।
हुम्लाको सिमकोट गाउँपालिका–५ कालिञ्चोकका पत्रकार रोकायाको ६२ वर्षको उमेरमा निधन भएको हो । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी र जुझारु पत्रकार गुमाउनुका साथै हुम्ला शाखाले असल अभिभावक गुमाएको उल्लेख गर्दै प्रेश विज्ञप्ती सहित महासंघले दुख ब्यक्त गरेको हो ।
२०५० देखि पत्रकारितामा सक्रिय रावत लामो समय कान्तपुर दैनिकमा आवद्ध रहेर काम गरेका थिए । हुम्ला र समग्र कर्णाली क्षेत्रमा व्यावसायिक पत्रकारिताको विकासका लागि उल्लेख्य योगदान पुर्याएका उनका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।
प्रतिक्रिया