US Khabar

महानगरीय ट्राफिक प्रहरी महाशाखा शिल

- Admin | ३ वर्ष पहिले प्रकाशित

महानगरीय ट्राफिक प्रहरी महाशाखा शिल

महानगरीय ट्राफिक प्रहरी महाशाखामा शिल गरिएको छ । महाशाखामा दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको हो ।

गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रहरीहरुको स्वाव परिक्षण गरिएको थियो जस मध्य दुई ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल गरिएको हो ।

ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइनुका साथै महाशाखा भित्रबाट सेवाग्राहीका लागि गरिने दैनिक कामकाजमा रोक लगाईएको छ ।

हाल एक हजार ५०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत रहेको महाशाखामा ३७५ जना क्वारेन्टिनमा रहेका छन् । महाशाखालका अनुसार क्वारेन्टिनमा बसेका प्रहरीको चाँडो स्वाब सङ्कलन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">