US Khabar

चिनसंगको तिक्त सम्बन्ध: अमेरिकामा टिकटक प्रतिवन्ध लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

- Admin | ३ वर्ष पहिले प्रकाशित

चिनसंगको तिक्त सम्बन्ध: अमेरिकामा टिकटक प्रतिवन्ध लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटक प्रतिवन्ध लगाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले पत्रकारसंगको कुराकानीमा कार्यकारी आदेश मार्फत अमेरिकामा टिकटक प्रतिवन्ध लगाउने घोषणा गरेका हुन् ।

शुक्रबार फ्लोरिडाबाट फर्कदै गर्दा एयर फोर्स वानमा पत्रकारहरुसंगको कुराकानीका क्रममा ट्रम्पले आफुसंग टिकटक प्रतिबन्ध लगाउने अधिकार भएको बताउँदै अमेरिकामा कार्यकारी आदेश मार्फत टिकटक बन्द गरिदैं गरेको प्रष्ट पारेका थिए ।

टिकटकको अमेरिकी संचालन खरिद गर्ने कुनै पनि अमेरिकी कम्पनीलाई आफुले साथ नदिने समेत बताएका राष्ट्रपती ट्रम्पको यो घोषणा पछिल्लो समय चिनसंग बढेको तिक्तताको नजिता भएको पनि हुन सक्ने देखिन्छ । टिकटक सन् २०१६ मा चिनबाट सुरु भएको थियो । ५ देखी १५ सेकेण्ड सम्मको भिडियो बनाउन सकिने टिकटकमा बिभिन्न उमेर समुहका मानिसहरुले गीत तथा संवादमा फरक फरक अभिनय र नृत्य प्रस्तुत गर्दै आएका छन् । विश्वभरका करिव २ अर्ब बढि मानिसले प्रयोग गर्दै आएको टिकटिक अमेरिकामा पनि अत्याधिक लोकप्रिय रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">