गायिका श्रृजना खत्री (हाउडेमाया) र गायक टेक अधिकारीको तिज गीत सार्वजनिक भएको छ । रेशम प्रधानको शब्द तथा संगीतमा रहेको ‘छड्के तिलहरी’ बोलको गीत भिडियो सहित यूटुव मार्फत सार्वजनिक भएको हो ।
महेश विक्रम पाण्डेको संगीत संयोजन रहेको यस गीतमा सुनको भाउ बढेसंगै तिजमा निम्न र मध्यम बर्गिय परिवारका छोरी बुहारीलाई गहना किन्न अप्ठेरो परेको कथालाई प्रस्तुत गरिएको छ । युवराज खत्रीको निर्देशनमा निर्माण भएको ‘छड्के तिलहरी’ गीतको भिडियोमा आयुश्मा कार्की र यादव देवकोटाको मुख्य अभिनय रहेको छ । सुजन श्रेष्ठको छायांकन तथा निर्देशक खत्री स्वयंको सम्पादन रहेको भिडियोमा सहयक कलाकारका रुपमा अनु खड्का, रेश्मा श्रेष्ठ, विपिन चौलागाईं, बिमु रावत र कञ्चन बस्नेतको पनि अभिनय रहेको छ ।
गत बर्ष कर्कलाको पात बोलको तीज गीत सार्वजनिक गरेकी गायिका श्रृजना खत्री (हाउडेमाया)का नौटंकी माया, डबल माया, लाहुरे माया, मिठो बोली लगायतका गीत सार्वजनिक छन् ।
प्रतिक्रिया