सभामुख अग्निप्रसाद सापकोटाका सुरक्षकर्मीलाई कोरोना पुष्टी भएको छ । सभामुख सापकोटाको अगुवा गाडीमा रहने सुरक्षकर्मीमा कोरोना पुष्टी भएको हो ।
उनका कोरोना पुष्टी भएपछि सभामुखको सुरक्षामा खटिएका सुरक्षाकर्मी र निवासमा बस्ने कर्मचारीको पनि स्वाब संकलन गरिएको छ । केही दिन यता प्रहरी हेडक्वाटरमा कार्यरत सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । सभामुखका सुरक्षामा खटिने अगुवा गाडीका सुरक्षाकर्मी पनि हेडक्वाटरमा नै बस्ने भएकाले उनको स्वाब परिक्षण गरिएको थियो । उनको पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएपछि सभामुखको सुरक्षामा खटिएका सुरक्षाकर्मी र निवासमा बस्ने कर्मचारीको स्वाब संकलन गरिएको छ ।
प्रतिक्रिया