सञ्चारकर्मी गीतकार लोकराज अधिकारीको यो बर्षको अर्को तिज गीत पनि सार्वजनिक भएको छ । अर्जुन पोख्रेलको संगीत तथा सुजता केसी र रोजी श्रेष्ठको स्वरमा रहेको गीतकार अधिकारीको तिज गीत सलहका बगाल युटुव मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।
कोरोना कहर, सलह आतंक, तिज उत्साह लगायतका बिषयलाई केन्द्रमा राखिएको गीतमा नेपाली पिपिकल र चलनचल्तीका वाक्यहरु प्रयोग गरिएको छ । सहल नियन्त्रणका लागि खेत बारीमै गएर बाजागाजा, नाचगान गर्ने लगायत विज्ञले दिएको सुझाव अनुसार नै ‘सलहका बगाल बारीको पाटामा’ गीत ल्याएको गीतकार लोकराज अधिकारीले बताए ।
कजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफीमा निर्माण भएको भिडियोमा नायिका तथा मोडल दिपासा बिसी र शुशिला थापाको अभिनय रहेको छ । अर्कषक नृत्य सहित तयार भएको भिडियोलाई अर्जुन अधिकारीको छायांकन तथा दिपक विष्टको सम्पाद रहेको छ
तिम्ले पराइ ठानेपछी,मर्छु बरु छट्पटीमा, ,रुपै मोहनी, बाजा बजाउदै, लगायत दर्जनौ लोकप्रिय गीतका गीतकार लोकराज अधिकारीको केही साता अघि आयो तिज बोलको तीज गीत सार्वजनिक भएको थियो भने यस अघिका तीजमा अघि ‘जसो परेपर्ला’ ‘घन्किदे मादलुु’ ‘रे पटम भरर’ ‘नाच चेली’ ”आमाले पकाएको दर’ लगायतका गीतहरु सार्वजनिक छन् ।
प्रतिक्रिया