US Khabar

अमेरिका निवासी साहित्यकार पवन लामिछानेको गीत ‘जिन्दगीको बाटो’ सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिका निवासी साहित्यकार पवन लामिछानेको गीत ‘जिन्दगीको बाटो’ सार्वजनिक

साहित्यकार पवन लामिछानेको गीत ’जिन्दगीको बाटो’ सार्बजनिक भएको छ । दिपक सिलवालको संगीत संगीत र गायक शिव परियारको स्वरमा साहित्यकार लामिछानेको यो गीत यूटुव मार्फत सार्वजनिक भएको हो ।

हाल अमेरिकाको टेक्सास स्थित ड्यालासमा बस्दै आएका साहित्यकार लामिछानेले आफ्ना हजुरबुवा पोष प्रसाद लामिछानेको पहिलो वार्षिक पुण्य तिथिका अवसर पारेर यो गीत सार्बजनिक गरेको बताएका छन ।

२००१ भाद्र १३ गते गोरखामा जन्मेर २०७६ श्रावण १३ गते चितवनमा स्वर्गारोहण भएका उनका हजुर बुबा पोष प्रसाद लामिछानेको सम्झनामा यो गीत लेखेको लामिछानेले बताएका छन् ।

साहित्यकार लामिछाने अमेरिकामा रहेर पनि नेपाली साहित्यमा क्रियाशिल रहँदै आएका साहित्यकर्मी हुन् । साहित्यका बिबिध बिधामा कलम चलाउने उनि मुलत गजल लेखन र बाचनमा लोकप्रिय छन् ।

जीन्दगीको बाटो गीतमा पनि उनले जीवन र मृतुको सास्वत सत्यलाई प्रस्तुत गरेका छन् । हजुरबुवाले दिएका सत्कर्म र नैतिक ज्ञानको स्मरण समेत गीतमा गरेका उनले गीतमा भावुकता र यथार्थतालाई संयोजन गरेकाले पनि गीत मिठो बनेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">