US Khabar

गीत मार्फत देउडा संस्कृती प्रवद्धन: ND ठाकुरे र टिका पुनको ‘तेरै चर्चा चमेली’ सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

गीत मार्फत देउडा संस्कृती प्रवद्धन: ND ठाकुरे र टिका पुनको ‘तेरै चर्चा चमेली’ सार्वजनिक (भिडियो)

सुदुर र मध्य पश्चिममा बोलिने देउडा भाषा संस्कृतीमाथी पछिल्लो समय सो क्षेत्रका युवा संगीतकर्मीले नयाँ नयाँ गीतहरु बजारमा ल्याईरहेका छन् । फरक तर पृथक र मौलिक भाषा भएकाले पनि अन्य क्षेत्रका संगीतकर्मीले समेत देउडा भाषामा प्रयोग हुने शब्दको प्रयोग आफ्ना गीतहरुमा गरिरहेको पाईन्छ ।

यहि बिचमा भर्खरै ‘चमेली’ बोलको गीत सार्वजनिक भएको छ । गायक एन डी ठाकुरे र गायिका टिका पुनको स्वरमा रहेको यस गीत चर्चित गायक तथा र्यापर मिस्टर आर जेको आधिकारीक यूटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक गरिएको हो ।

भावना चन्दको शब्द तथा एनडी ठाकुरे र सुरज चन्दको लय सृजना रहेको यस गीतमा बिक्रम चौहान, टिका जैसी र गायक एनडी स्वयंको अभिनय रहेको छ ।

बिक्रम चौहानकै निर्देशनमा निर्माण भएको चमेली गीतको भिडियोलाई प्रकास खड्काले छायांकन तथा लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । गीतमाथी बनेको भिडियोमा सुदुर पश्चिमको संगीत संस्कृति बिषेश पहिरन र नृत्य समेत प्रस्तुत गरिएको छ ।

 

गीतकार राजेन्द्र भट्ट अर्थात र्यापर मिस्टर आरजे पछिल्लो समय अत्यन्त चर्चामा रहेको नाम हो । उनि संग देउडा संस्कृतिलाई मध्य र सुदुर पश्चिमका धेरै कलाकारले फ्युजन शैलीमा युवा स्रोतामाझ पस्कदैं आएका छन् । नेपाली भाष नै भएकाले यस भाषामा सार्वजनिक गीत बुझ्न सजिलो र सुन्दा फरक मिठास पाईने हुँदा नयाँ पुस्तालाई भाषा हस्तान्तरण र अर्को तर्फ संस्कृती संरक्षणमा यस प्रकारका गीतहरुले अहम् भुमिका खेलेको देखिन्छ ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">