US Khabar

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सीईओ अवस्थीको निधन-मृतकको संख्या ५५ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सीईओ अवस्थीको निधन-मृतकको संख्या ५५ पुग्यो

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत(सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । ५६ वर्षीय जगदम्बा इन्टरप्राइजेजका सीईओ नारायणी अस्थायीको संक्रमणबाट बिहिबार राती मृतु भएको हो ।

भारतीय नागरिक अवस्थी साउन ७ गते अस्पताल भर्ना भएका थिए । लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो ।

बिहीबार राति नै सीईओ अवस्थी सहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १६ नगवाका ३५ वर्षीय पुरुष र वीरगन्ज २ छपकैयाका ६५ वर्षीय पुरुष रहेका छन् ।

जगदम्बा इन्टरप्राइजेज कार्यकारी अधिकृत सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि केही दिन अघि जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेज सिल गरेको थियो । मानिसहरुको आवातजावत बन्द गरिएको समयमा समेत जगदम्बा इन्टरप्राइजेजले भारतबाट लुकाइ छिपाई मजदुर ल्याएर काम गराइरहेको पाइए पछि जगदम्बा इन्टरप्राइजेजमा शिल गरिएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">