कोरोना संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको छ । बुधबार मृत्यु भएका मोरङको सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष, पर्साको वीरगन्ज महानगरपालिकाका ७० र ६८ वर्षीय पुरुषको कोरोना पुष्टी भएसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
जसमध्य मोरङका पुरुष भारत आवतजावत गरिरहने व्यक्ति भएको बताईएको छ । उनको धरानमा भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको हो भने मुटु तथा मधुमेहको बिरामी रहेका पर्साका ७० वर्षीय पुरुषसाउन ८ देखि उपचाररत रहेका थिए ।
अर्का मृतक पुरुषमा भने मिर्गौलाको समस्या र झाडापखालाको समस्या रहेको बतार्ईएको छ ।
प्रतिक्रिया