US Khabar

आयुशाको साथमा सर्जक करण न्यौपाने र गायिका सरिता कार्कीको तिज गीत ‘दिदी बहिनी’

- | ३ वर्ष पहिले प्रकाशित

आयुशाको साथमा सर्जक करण न्यौपाने र गायिका सरिता कार्कीको तिज गीत ‘दिदी बहिनी’

गायिका सरिता कार्कीको यो बर्षको तिज गीत सार्वजनिक भएको छ । करण न्यौपानेको शब्द तथा लय संकलनमा गायिका सरिताको ‘दिदी बहिनि हो नि माया’ बोलको गीत सार्वजनिक भएको हो ।

विपिन आचार्यको संगीत संयोजनमा रहेको यस गीतमा सरितासंगै बाल कलाकार आयुशा गौतमको पनि स्वर रहेको छ भने कोरसमा डोल्मा लामिछाने मगर र मिना श्रेष्ठले साथ दिएका छन् ।

संकर बिसीको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा गायिका सरिता कार्की र बाल गायिका तथा कलाकार आयुसा स्वयंको अभिनय रहेको छ । भिडियोमा सरिता र आयुशा दिदी बहिनीको भुमिकामा देखिएका छन् ।

आकर्षक नृत्य र अभिनयका साथ निर्माण भएको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् भने सम्पादन बिष्णु शर्माको रहेको छ ।

गायिका सरिता कार्कीका यस अघि निष्ठुरीले, लाउँछ माया, मायालु हजार, कति रुनु, लाखौं तारा, मेरो लगायतका दर्जनौं गीतहरु सार्वजनिक भएका छन् । गोरखा आँपिपलमा जन्मिएकी गायिका कार्की दोहोरी साँझ हुँदै नेपाली लोकदोहोरी क्षेत्रमा प्रवेश गरेकी सरिताको पहिलो गीत ‘यहाँ भन्दा नि कती रुनु छ ?’ बोलको गीतले अत्याधिक चर्चा पायो । यो गीत उनले याम क्षेत्रीसंगको युगल दोहोरी गीतबाट उनले राष्ट्रिय लोक दोहोरी अवार्ड समेत पाईन् । तिजको गीत हरहर महादेव, पातलो जिउ मेरो लगायत खोलीमा जलुका, मायालु हजार, तिम्रो मात्रै नक्कले, गुँरास फुल्ने ठाउँतिर जस्ता बहुचर्चित गीतहरुकी गायिका सरिता कार्कीले बिभिन्न देशहरुमा समेत आफ्नो प्रस्तुती दिई सकेकी छन् ।

त्यस्तै यस गीतका शब्द तथा लय संकलक करण न्यौपाने २ दशकदेखी नेपाली सांगीतिक क्षेत्रमा सक्रिय सर्जक हुन् ।

लामो समय देखी निरन्तर संगीत यात्रामा रहेका गीतकार तथा संगीतकार करण न्यौपानेका उहि मुलाको सिन्की उहि मुलाको चान, झिम्काईदेउ परेली हाई मेरी तिते करेली, नाई बाबा नाई, किन तिमीले, मन्दिरमा बस्ने देउता लगायतका दर्जनौं गीतहरु सार्वजनिक छन् । बिषेशत लोक बिधामा चर्चामा रहेका भएपनि उनिद्वारा लिखित र संगीतबद्ध आधुनिक गीककतहरु पनि बाक्लो संख्यामा रहेको छ ।

यो बर्षको तिजमा उनका लरक्कै जोवन, मादले मादल घन्काईदे, भेडा भर्सेज कोईली, जोवन तन्देरी लगायतका गीतहरु सार्वजनिक छन् भने केही समय अघि समर्वज्नकि बनपालेको लौरी गीतपनि दर्शक स्रोताले मन पराईरहेका छन् ।

भर्खरै सार्वजनिक तिज गीत ‘दिदी बहिनी हो नि मायामा’ सरिता र करणको सहकार्यमा बाल गायिका तथा कलाकार आयुशा गौतम जोडिएकी छन् । भाईरल बाल कलाकार भनेर चिनिएकी उनलाई करण र सरिताले भाईरल भएको आधारमा नभई उनको प्रतिभाको कदर स्वरुप यस गीतमा आवाज र अभिनयका लागि छनौट गरिएको बताएका छन् । सानो उमेरमा नै कलाकारिता क्षेत्रमा राम्रो संभावना बोकेकी उनलाई भाईरल शब्द भन्दा प्रतिभावान शब्द उपयुक्त हुने करण न्यौपानेको धारणा छ । भाईरल चिजको आयु छोटो हुन्छ हामी उनको प्रतिभाको संरक्षण होस् भन्ने चाहन्छौं उनले भने ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">