US Khabar

ब्राजिली मिडफिल्डर विलियनको भविष्य अन्योलमा

- Admin | ३ वर्ष पहिले प्रकाशित

ब्राजिली मिडफिल्डर विलियनको भविष्य अन्योलमा

इंग्लिस क्लब चेल्सीमा ब्राजिली मिडफिल्डर विलियनको भविष्य अन्योलता बढेको छ । सम्झौता अवधि झन्डै तीन महिना मात्रै बाँकी रहँदा विलियनको भविष्यबारे अन्योल बढेको हो ।

विलियनको सम्झौता २०२० जुनमा सकिँदै छ । क्लबले ३१ वर्षीय विलियनको सम्झौता २ वर्ष थप्ने तयारी गरिरहेको छ । तर, विलियन क्लबसँग तीन वर्ष सम्झौता हुनुपर्ने माग राखेका छन् । ‘त्यहाँ नयाँ सम्झौता हुने सम्भावना छैन । किनकि, मलाई चेल्सीले दुई वर्षको नयाँ सम्झौताका लागि भनेको छ । मैले तीन वर्षको हुनुपर्ने माग राखेको छु ।’ विलियनले भने, ‘तर, चेल्सीले मेरो माग पूरा गर्न इच्छुक छैन । त्यसैले मलाई लाग्छ, यहाँ सम्झौता नवीकरण हुन धेरै गाह्रो छ । सबैलाई थाहा छ । मेरो करार आउँदो जुनमा सकिँदै छ । मलाई लाग्छ, म अब चेल्सीमा रहनेछैन ।’

विलियनलाई अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले चासो देखाइरहेको छ । बार्सिलोनाले अर्काे ब्राजिली प्ले मेकर कौटिन्होलाई चेल्सी पठाएर विलियनलाई अनुबन्ध गर्न सक्ने योजना बनाएको छ ।

‘यहाँ के हुन्छ, हामीलाई थाहा छैन । हामी सम्झौतामा पनि पुग्न सक्छौं । तर, आजको अवस्थामा म के भन्न सक्छु भने, यो अवस्थामा जुनमा मेरो सम्झौता सकिनेछ । म त्यसपछि स्वतन्त्र हुनेछु । म अन्यत्र कतै जान सक्छु ।’ विलियनले भने, ‘मैले चेल्सीमा एकदमै राम्रो चिज बनाएको छु । विशेष रूपमा यहाँको समर्थक र यहाँ काम गर्ने मानिसहरू मन पराउँछु । मैले यहाँ आफूलाई धेरै व्यवस्थित महसुस गरेको छु ।’

विलियनले यो सिजन ३५ खेलमा ६ गोल गरेका छन् । विलियन २०१३ मा रसियन क्लब एफसी एन्जी माखाचाख्लाबाट ३० मिलियन पाउन्डमा चेल्सीमा आएको थिए । त्यसअघि उनले साख्तर डोनेस्कमा ७ सिजन बिताएका थिए । उनले चेल्सीबाट २२६ खेलमा ३३ गोल गरेका छन् । उनले चेल्सीबाट दुईपटक इंग्लिस प्रिमियर लिग र समान एकपटक युरोपा लिग, एफए कप र इंग्लिस फुटबल लिग कप जितेका छन् ।

स्रोत: राजधानी दैनिक

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">