US Khabar

बझाङमा एक कोरोना संक्रमितको मृत्यु – मृतकको संख्या ४९ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

बझाङमा एक कोरोना संक्रमितको मृत्यु – मृतकको संख्या ४९ पुग्यो

थप एक कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। बझाङका ६५ वर्षीय पुरुषको साउन ९ गते मृत्यु भएको हो।

बझाङ जिल्ला बुङ्गल गाउँपालिका वडा नम्बर तीन स्थायी घर भएका उनी असार २५ गते भारतको बैंगलोरबाट आएका थिए। उनको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जानकारी दिएको छ।  नेपालमा कोरोना संक्रमण देखिएका ४९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">