कोभिड-१९ विरुद्धको भ्याक्सिन बनाईरहेको अमेरिकन कम्पनी फाइजरले तेश्रो चरणको परीक्षण स्वरुप ३० मानिसमा परिक्षण सुरु गरेको बताएको छ । जर्मन बायोटेक कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाइरहेको फाइजरले १८ बर्षदेखि ८५ बर्षभित्रका उमेर समुहका ३० हजार मानिसहरुमा परिक्षण सुरु घोषणा गरेको हो ।
अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले सोमबार कोरोनाबिरुद्धको तेश्रो चरणको भ्याक्सिन ३० हजारमा परीक्षण सुरु गरेको बताए लगत्तै जर्मन बायोटेक कम्पनी बायोएनटेकसँग मिलेर भ्याक्सिन बनाइरहेको अमेरिकन कम्पनी फाइजरले पनि तेश्रो चरणको परीक्षण ३० हजारमा सुरु गरेको जनाएको छ । सोमबार बेलुका फाइजरले तेश्रो चरणको परीक्षण सुरु गरेको घोषणा गरेको हो ।
अमेरिकाका मात्र ३९ राज्यहरुमा परीक्षण गरिने बताएको फाइजरले विश्वभरका १२० साइटहरुमा परीक्षण गर्ने जनाएको छ । साथै यो चरणको परीक्षण सफल भएमा आगामी अक्टोबरमा भ्याक्सिनको अन्तिम पुनरावलोकन गरिने समेत घोषणा गरेको छ ।
सन् २०२० भित्रै १ सय मिलियन डोज आपूर्ति गर्ने घोषणा गरेको फाइजरले सन् २०२१ भित्र १३ सय मिलियन डोज उत्पादन गर्ने फाइजरको लक्ष्य राखेको छ ।
कोरोना भाइरसबिरुद्ध प्रतिरोधक क्षमता विकाशका लागि प्रयोगमा ल्याईएको एमआरएनए मोलिक्युलसको प्रयोग गरि भ्याक्सिन निर्माण गरेको फाइजरको यस परिक्षणका लागि अमेरिकाले गतसाता मात्र १ दशमलव ९५ बिलियन डलर प्रदान गर्ने घोषणा गरेको थियो भने १ सय मिलियन डोज भ्याक्सिन बुक गरेको थियो ।
यस अघि अमेरिकन बायोटेक कम्पनी मोडेर्नाले पनि कोरोना विरुद्धको भ्याक्सिन परिक्षण गरिसकेको छ । दुई चरणको सफल परिक्षण पछि मोडेर्नाले तेश्रो चरणको भ्याक्सिन अन्तरगत ३० हजार बिरामीमा परीक्षण सुरु गरेको छ ।
प्रतिक्रिया