अमेरिकाको टेक्ससमा २३ बर्षिया युवतीको तालमा डुवेर मृत्यु भएको छ । आईतबार दिउँसोबाट लेक लेविसभिल तालमा डुवेर हराईरहेकी अस्मिताको मृत अवस्थामा शव फेला परेको हो ।
रिपोर्टहरुमा उनि डुंगाको पछिल्लो भागबाट तालमा खसेकी थिईन् । लाइफ ज्याकेटविना नै तालमा खसेकाले उनि तालमा डुवेर हराएकी थिईन् । उनि हराएको सुचना पाए लगत्तै उद्धारमा खटिएको टोलीले केही घण्टापछि उनको शव फेला पारेको थियो ।
उनको मृत्युबारे नेपालमा रहेको परिवारलाई खबर भइसकेको जनाइएको छ भने मृतक अस्मिताको शव टेरान्ट काउन्टीको मेडिकल एक्जामिनर सेन्टरमा राखिएको छ ।
कम उमेरमा नै अमेरिकामा ज्यान गुमाएकी अस्मिताको दाह संस्कारका लागि आर्थिक संकलक स्वरुप यतिबेला गो फण्ट संचालन गरिएको छ ।
गो फण्ट मार्फत सहयोग गर्न चाहनेहरुले तलको लिंकमा क्लिक गर्नुहोस्
करिव २ साता अघि पनि टेक्सको फोर्टवर्थ केलर निवासी १९ बर्षिय नेपाली किशोर हिकारु गौतम र सोहि उमेरका नेपाली भाषि भुटानी त्रिशरण खत्रीको तालमा डुबेर मृत्यु भएको थियो । आफ्ना अर्का सहपाठी एक भियतनामी किशोर सहित पास्सम किङडम लेक ९ताल०मा गएका हिकारु र त्रीशरणको तालमा डुबेर मृत्यु भएको थियो भने भियतनामी किशोर पौडी खेलेर बाँच्न सफल भएका थिए ।
प्रतिक्रिया