बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका राम बहादुर साउतको कोरोना पुष्टि भएको छ । ५ दिन अघि क्वारेन्टाइनमा राखिएका अछाम बन्निगढीका रामबहादुरको आत्माहत्या पछि कोरोना पुष्टी भएको हो ।
आइतबार राति आत्महत्या गरेका उनि अछाम बन्निगढी गाउँपालिका बासिन्दा हुन् । करिव दश दिन अघि भारतको राजस्थानबाट महेन्द्रनगर हुँदै ठाकुरबाबा ४ सैनवारमा आफन्तकोमा आईपुगेका उनलाई घर पुग्नु अघि नै ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।
राम बहादुरले क्वारेन्टाइनको पछाडी भागमा रहेको रूखमा आफुले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेका थिए ।
प्रतिक्रिया