पछिल्लो समय देखिएको अमेरिका चिन टकरावको नतिजा स्वरुप चिनले अमेरिकी महावाणिज्य दूतावास बन्द गरेको छ । आपसी शक्तीको दम्भ्य पछि सृजना भएको तनावका कारण चिनले ३५ वर्षदेखि सिचुवान प्रान्तको छेन्दुमा रहेका अमेरिकी महावाणिज्य दूतावास बन्द गरेको हो ।
तिब्बतनजिक जोडिएको प्रान्तमा सन् १९८५ मा स्थापित उक्त महावाणिज्य दूतावास बन्द हुनु अन्तर्राष्ट्रिय राजनीतिको महत्वपूर्ण घटना भएको चिनियाँहरुले प्रतिक्रिया दिएका छन् ।
सन् १९८५ मा स्थापित तिब्बतसँगै जोडिएको यो दुतावास रणनीतिक महत्वका साथ स्थापना भएकाले पनि छेन्दुमा रहेका अमेरिकी महावाणिज्य दूतावास बन्द हुनु सामान्य कुरा नभएको बिष्लेशकहरुले बताएका छन् भने स्वयं चिनियाँहरुले समेत दूतावास बन्द हुनु अन्तर्राष्ट्रिय राजनीतिको महत्वपूर्ण घटना भएको प्रतिक्रिया दिएका छन् ।
अमेरिकाले हयूस्टन स्थित चनियाँ वाणिज्य दूतावास वन्द गर्न केहि दिन अघि दिएको आदेशको प्रतिशोधस्वरुप चीनले यस्तो कदम चालेको हो । केही दिन अघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा स्थित चिनियाँ वाणिज्य दूताबास हटाउन आदेश दिएपछि चिनले जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो । ट्रम्प प्रशासनले टेक्ससको ह्युस्टन स्थित दूतबास ७२ घण्टाभित्र बन्द आदेश दिएसंगै आक्रोशित बनेको चिनले जवाफी काराबाहीको चेतावनी दिएको थियो । अमेरिकाले ह्युस्टन स्थित चिनिया महाबाणिज्य दुतावास बन्द गरेसंगै फल स्वरुप छेन्दुको अमेरिकी महाबाणिज्य दुतावास आजबाट बन्द भएको छ ।
चीनको बिदेश मन्त्रालयले अमेरिकाले यस बिषयमा माफी माग्दै बिज्ञप्ती जारी नगरे जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो। अमेरिकी कदमप्रति खेद प्रकट गर्दै चीनले अमेरिकाले यो आदेश तुरुन्त रद्द नगरे परिणाम राम्रो नहुने भन्दै दिएको चेतावनीलाई चिनले चिनियाँ दूताबास मार्फत देश बिरोधी गतिबिधी तीब्र बन्दै गएको भन्दै अमेरिकी बिदेश बिभागका प्रवक्ता मोर्गन आर्टागसले अमेरिकी बौद्धिक सम्पदा र आफना नागरिकहरुको सुरक्षाका लागि चिनीयाँ दूताबास बन्द गर्न आदेश दिएको जनाएका थिए ।
चिनमा रहेको महाबाणिज्यदुत बन्द भएपछि त्यहाँका जनता यो दृश्य हेर्न सयौंको संख्यामा भेला भएका छन् । उनिहरु बन्द भएको दुतावासको फोटो खिच्दै खुशि भएका दृश्यहरु पनि सार्वजनिक भएका छन् । भारी बर्षातको समयमा पनि उनिहरु दुतावास परिसरमा छाता ओडेरै पनि भेला भएका थिए । यो दृश्य हेर्न र क्यामेरामा कैद गर्न हुबई, हेनान, सियानलगायत टाढाटाढा प्रान्तबाट मानिसहरु आईरहेको जनाईएको छ ।
प्रतिक्रिया