US Khabar

हेम प्रभासको निर्देशनमा गायिका पूर्णिमा लामाको ‘तिम्रो हातको औंठी चिनो’ सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

हेम प्रभासको निर्देशनमा गायिका पूर्णिमा लामाको ‘तिम्रो हातको औंठी चिनो’ सार्वजनिक

पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त कवि तथा लेखक हेम प्रभासद्वारा निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । डा. पूर्ण भण्डारी ‘पंकज’को शब्द तथा सन्तोष श्रेष्ठको संगीत र पूर्णिमा लामाको आवाज रहेको तिम्रै हातको औंठी चिनो बोलको गजल भिडियो सहित सार्वजनिक भएको हो ।

कृष्ण पुनको संगीत संयोजन रहेको यस गजलमाथी निर्माण भएको भिडियोमा सज्ना रोज र सियोन श्रेष्ठको अभिनय रहेको छ । यस गजलका मोडल सियोन स्वयंको कोरियोग्राफी रहेको भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् भने सम्पादन प्रकाश यश.के. को रहेको छ ।

नेपाली साहित्यका लोकप्रिय कवि तथा लेखक हेम प्रभासको निर्देशनमा यस अघि ‘किन आउँछ याद तिम्रो’, ‘लप्पन छप्पन’, ‘कसले भन्यो र’ लगायतका गीतहरु सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">