अमेरिकाको टेक्ससमा शक्तीशाली सामुन्द्रिक आँधीको असर खतरा भएको भन्दै सो क्षेत्रका मानिसहरुलाई चेतावनी दिईएको छ । टेक्ससको दक्षिण भेगमा हाना नामको सामुन्द्रीक आँधी आएसंगै अधिकारीहरूले त्यस भेगमा घातक आँधी, हुरी र ठूलो वर्षा हुन सक्ने भन्दै सुरक्षा चेतावनी दिएका हुन् ।
आन्ध्र महासागरमा तुफान आउने याममा विकसित पहिलो समुन्द्रीक आँधीका रुपमा रहेको यस आँधीले कोर्पस क्रिस्टी र ब्राउन्सभिल शहरमा प्रभाव जमाईरहेको भन्दै महामारी कोभिड १९ को सबैभन्दा उच्च चुनौतीमा रहेको यस भेगमा थप जटिलता सृजना हुन सक्ने भन्दै सतर्ककताका लागि अपिल गरिएको छ ।
शनिवार नै पड्री टापुमा बज्रिएको हाना आँधी प्रतिघण्टा १ सय ४५ किलोमिटरसम्मको वेगमा सो क्षेत्रमा फैलिरहेको छ जसका कारण घरका छानाहरु समेत उडाएको छ । एजेन्सी
प्रतिक्रिया