अमेरिकी राजदूत रेण्डी बेरी र उप प्रधान धान एवं रक्षामन्त्री इश्वर पोखरेलबिच भेटवार्ता भएको छ । आइतबार राजदुत बेरी र मन्त्री पोखरेलविच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा भेटवार्ता भएको हो ।
भेटका क्रममा अमेरिकाले एमसीसीका विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेका छन् । लामो समयदेखी विवाखमा रहेको एमसीसी अनुमोदनका बिषयमा मदभेद देखिएपछि राजदुत बेरीले यस बिषयमा चासो देखाएका हुन् ।
गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने एमसीसी पारितका बिषयमा सत्तारुढ दल नेकपाकै नेताहरुबिच पनि मत विभाजन देखिदैं आएको छ ।
आज भएको भेटमा राजदुत बेरीले एमसीसी पारित सम्बन्धमा नेपालले गरेको आन्तरिक तयारीबारे छलफल भएको छ । छलफलमा एमसीसी अन्य देशहरुले माग गरिरहेको अवस्थामा नेपालले यस सुविधाका लागि ढिलाई गर्नुको कारणमा समेत चासो राखेका थिए ।
प्रतिक्रिया