अलङ्कार प्रतिष्ठानको लकडाउन भर्चुअल कविता वाचन कार्यक्रमको उचाई गरिमामय बन्दै गईरहेको छ । विभिन्न साहित्यिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको अलङ्कार प्रतिष्ठानको लकडाउन भर्चुअल कविता वाचन देश बिदेशका स्रष्टाहरुको उत्साहजनक सहभागितासंगै साहित्यिक माहैलबिच बिषेश गरिमामय बन्दै गएको हो ।
२०७५ सालको शैक्षिक सत्रमा नेपाली विषयमा दर्शनाचार्य गर्दै रहेका आठौँ ब्याचका विद्यार्थीहरूको परिकल्पना र सक्रियतामा २०७५ पुस २९ गते स्थापना भएको अलङ्कार प्रतिष्ठानले आयोजना गर्दै आएको लकडाउन भर्चुअल रचना वाचन हाल सातौँ शृङ्खलासम्म आईपुग्दा बाक्लो सख्यामा नेपाल तथा प्रवासी साहित्यकर्मीको सफल सहभागिता रहेको छ ।
नेपाली साहित्य जगतका वरिष्ठ कविहरूको आतिथ्यतामा हरेक शनिबार गरिने रचना वाचन कार्यक्रम रोचक र उदाहरणीय भएको प्रतिकृया आईरहेको छ । संस्थाले विशिष्ट कविलेखकहरूको आतिथ्य र सहभागिताका साथै नवसर्जकहरूलाई पनि समुचित स्थान दिने उद्देश्यका साथ सञ्चालित यस प्रविधिमैत्री भर्चुअल रचना वाचन कार्यक्रममा वरिष्ठ कवि डा. नवराज लम्साल, छन्द कवि बलराम दाहाल, कवि मञ्जु काँचुली, कवि दम्पती डा. विप्लव ढकाल तथा डा. पद्मा अर्याल, गजलकार पुष्प अधिकारी अञ्जली, वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङलाई रचना वाचनका विभिन्न शृङ्खलाका प्रमुख अतिथिको रूपमा सम्मान गरेको छ भने अतिथिहरू समालोचक कृष्णमणि पहाडी, नेपाली साहित्य संसारका अध्यक्ष सिर्जन अविरल, ’पूर्णिमा साहित्य प्रतिष्ठान’ बाँकेका अध्यक्ष महानन्द ढकाल, हाइकु बाँकेका बद्री ढकाल हिरामणि, ज्योति साहित्य प्रतिष्ठानकी उषा अचार्य, निरन्तर शनिबारका सञ्चालक सोझो गाउँले, बाछिटाकार खगेन्द्र बस्याल लगायत देश विदेशबाट पनि विभिन्न सर्जकहरूको सहभागिता गराउँदै आएको छ।
जसमा अमेरिकाबाट गजलकार भूपेन्द्र महत, कतारबाट गजलकार सुदामा कृष्ण, बेलायतबाट कवि मीरा प्रसाईँ, जापानबाट बेलुकाजी थापा, पोर्चुगलबाट रसिक सापकोटालगायत धेरै कविहरूको सहभागिता रहने गरेको छ भने पत्रकार सुनिल गौतम र जीवन आचार्यले अनलाइन लाइभ तथा समाचारका लागि संयोजन गर्दै आएका छन् ।
औपचारिक कार्यक्रम प्रारम्भ विश्वभाषा क्याम्पसको प्राङ्गणमा एक कार्यक्रम गरी औपचारिक कार्यक्रम प्रारम्भ भएको यस साहित्यिक अभियान संवद्ध अलङ्कार प्रतिष्ठानको संस्थापक अध्यक्ष भारती न्यौपाने हुन् ।संस्थाकी अध्यक्ष दाहालको अध्यक्षता हुँदै आएको यस औपचारिक कार्यक्रमको संचालन संस्थाकी सहसचिव सावित्रा पाण्डेले गर्दै आएकी छन् ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रविधि संयोजकको जिम्मेवारीमा संस्थाका उपाध्यक्ष गणेश गैरे तथा सदस्य अर्जुन ढकाल रहेका छन् । संस्थाका सक्रिय पदाधिकारीहरू उपाध्यक्ष सविन लम्साल, कोषाध्यक्ष लक्ष्मी थापा, सदस्यहरू दीपक फुयाल, अमृता भट्टराई, अनिता पुन, निर्झरिणी (बनर्जी) जोशी, विजया बस्नेत, सृजना आचार्य, मेनका वाग्ले, सुष्मा तिमल्सिना, सीता गुरागाईँ, शान्ति थापा पौडेलको क्रियाशिल सक्रियता रहेको यस लकडाउन भर्चुअल रचना वाचनले विश्वव्यापी महामारी कोभिड १९ का कारण सृजित सन्त्रासलाई सृजनाका माध्यमबाट रचनात्मक बनाउँदै आएको छ ।
प्रतिक्रिया