US Khabar

नेपाल र अमेरिकाका समसामयिक कथामाथी कमेडी सिरियल ‘छेउ न टुप्पो’ ( भाग-१ सहित)

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपाल र अमेरिकाका समसामयिक कथामाथी कमेडी सिरियल ‘छेउ न टुप्पो’ ( भाग-१ सहित)

 नेपाल र अमेरिकाका समसामयिक कथामाथी नेपाली कमेडी सिरिएल सुरु भएको छ । उद्धव सिलवाल पोडक्सनको ब्यानरमा नेपाल र अमेरिकामा रहेका नेपाली कलाकारको साथमा कमेडी सिरिएल’ छेउ न टुप्पो’को प्रसारण सुरु भएको हो ।

 Director / Producer : Uddhav Raj Silwal

आजबाट सुरु भएको यस सिरिएलले भाग १ मा बर्तमान महामारी कोभिड १९ लाई केन्द्रमा राखेर सन्देश र मनोरञ्जनमुलक सामग्रीलाई समेटेको छ । २५ प्रतिशत अमेरिकामा र ७५ प्रतिशत नेपालमा छायांकन हुने यस कमेडी सिरियलमा प्रकाश कणेल गुलेली कान्छा, भिम पौडेल, उद्धवराज सिलवाल, विनिशा पोख्रेल, कल्पना कार्की, सरोज धिमाल, सुनिता धिताल, लक्ष्मण न्यौपाने, नमुना थापा, असोक रावत, राज भेटुवाल लगायतका कलाकारको अभिनय रहने छ ।

छेउ न टुप्पो सिरिएलको ब्यवस्थापनको जिम्मेवारी अमेरिकाबाट मनोज ससेज र नेपालबाट गणेश धितालले लिएका छन् । भुवन भट्टराईको छायांकनमा निर्माण भएको यस सिरियलको सम्पादन लक्ष्मण सुनारले गर्ने छन् ।

भिम पौडेल र उद्धवराज सिलवालको कथा, स्क्रिनप्ले, संवाद र निर्देशन रहने यस सिरियलको शिर्ष गीत नेपाल आईजल रवि ओडले गाएका हुन् जसलाई भिम बिसीले रचना तथा संगीत गरेका हुन् भने संगीत संयोजन पुष्कर सुनुवारको रहेको छ । अमेरिकाबाट सञ्चालित नेपाली अनलाईन पत्रिका यूएस खबर डटकम प्रोडक्सन मिडिया पार्टनर रहेको टेलि सिरिएल छेउ न टुप्पो मनोरञ्जन मुलक सन्देस प्रवाह सहितको सिरियल हो ।

उद्धव सिलवाल पोडक्सनका संचालक तथा यस सिरियलका निर्देशक, लेखक, तथा कलाकार समेत रहेका उद्धव राज सिलवाल हाल अमेरिकामा रहेका छन् । अमेरिकामा रहेर पनि नेपाली कलाकारितालाई नजिकबाट नियालीरहेका उनले यस अघि पनि नेपाली कला संगीत संवद्ध कामहरु गर्दै आएका छन् । उनको प्रोडक्सन हाउसबाट, कान्छि हे कान्छि, कुम जोडी नाचौं, छोटो भो फरिया, रे पटम फरर लगायतका तीज तथा अन्य विधाका गीतहरु सार्वजनिक भएका छन् । यस कमेडि सिरियल छेउ न टुप्पो निर्माणको योजनाबारे यूएस खबरसंगको कुराकानीमा सिलवालले आफु देश बाहिर रहेपनि नेपाली कला संगीत र सस्कारको माया संधै मनमा रहेकाले आफ्नो तर्फवाट यस क्षेत्रका लागि गर्न सकिने काम गर्न संधै उद्यत रहेको र छेउ न टुप्पो सिरियल पनि नेपाली कलाकारिता क्षेत्रको संवद्धनकै लागि निर्माण सुरु गरेको बताएका छन् ।

अमेरिका र नेपालका कलाकारलाई जोड्ने सेतुका रुपमा निर्माण हुँदै गरेको यस सिरियल निर्माणको योजना देखी प्रचार प्रसार सम्मका लागि यूएस खबरका संचालक टेक्सस निवासी किशन रेग्मीको सुझाव र सहयोग रहेको बताउँदै उनले सिरियलका कथाहरु पहिले नै तयार गर्ने भन्दा पनि दर्शकको मागलाई ध्यानमा राखी लेखिने र छायांकन गरिने जानकारी दिएका छन् । साथै उनले पहिलो भाग हेरेर सल्लाह सुझाव र प्रतिकृया दिन समेत दर्शकहरुलाई आग्रह गरेका छन् ।

OUR  PROJECT :

 

COMING SOON :

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">