US Khabar

साउन लक्षित फेशन डिजाईनमा ब्यस्त काजल

- Admin | ३ वर्ष पहिले प्रकाशित

साउन लक्षित फेशन डिजाईनमा ब्यस्त काजल

फेशन डिजाईनर काजल शर्मा यतीबेला साउनको फेशन डिजाईनमा व्यस्त छिन् । असारमा पाँच ओटा म्युजिक भिडियो र केही विवाह समारोहको लागि पहिरन तयार गरेकी काजलले साउन लागेसँगै महिलाहरुको लागि हरियो र पहेँलो रँगको विभिन्न पहिरन तयार गरेकी हुन् ।

तीन महिना भन्दा लामो समय लकडाउनका कारण घरमै बसेर समय बिताएकी कागजले लकडाउन खुकुलो भएसँगै ललितपुरको कुपन्डोल स्थित आफ्नो बुटिक ‘काजल क्रियसन’ खोलेकी हुन् ।

अभिनेत्रीहरु सारिका केसी, सगुन शाही ठकुरी लगायतले साउन महिनाको ड्रेस बनाएकी काजलले अरु मोडललाई पनि अहिले साउनको नयाँ ड्रेस तयार गरिरहेको बताईन् । साउनलाई लक्षित गरेर उनले हरियो र पहँलो रँगको लेहँगा चोली, कुर्ता सुरुवाल, मिड गाउन, लङ गाउन, स्कर्ट चोली, साडी ब्लाउज जस्ता पहिरन आफुले तयार गरेको उनले बताएकी छिन् ।

‘पहिरन पारखीहरुले साउन सुरु भएसँगै विभिन्न प्रकारका हरिया र पहेंला पहिरनको अडर गर्नु भएको छ । मैले पनि साउनलाई लक्षित गरेर यसपटक केही नयाँ डिजाईनहरु तयार गरेको छु ।’ सोही कारण पनि यतीबेला आफ्नो बुटिकमा केही चहल पहल बढेको उनले बताईन् ।

कोरोना सँक्रमणका कारण सुस्ताएको बजारलाई लक्षित गरेर आफुले साउनको पहिरनमा गत वर्षको भन्दा ३० प्रतिसत मूल्यमा छुट दिएको पनि उनले बताएकी छिन् । साउनको पहिरनसँगै आफुलाई तिज लक्षित फेशनको पनि अडर आएको उनले बताएकी छिन् । यो वर्षको तिजको लागि उनी नयाँ डिजाईन बनाउँदै छिन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">