राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले लकडाउन खुले बित्तिकै कोरोना संक्रमित पहाडी गाउँपालिका पुगेर त्यहाँका जनताको अवस्थाबारे जानकारी लिएका छन् । अध्यक्ष आचार्य जनताको समस्याबारे बुझ्न ठूलो संख्यामा कोरोना संक्रमीत जिल्लाको एक मात्र पहाडी पालिका बङगलाचुली गाउपालिका पुगेका हुन् ।
अध्यक्ष आचार्यले साउन ८ र ९ गते सो क्षेत्रका विभिन्न नागरिकहरुलाइ भेटघाट गर्नुका साथै भेटघाटको क्रममा विभिन्न नागरिकहरुले लकडाउनको पिरेडमा भोगेका पीडा, संक्रमीत र क्वारेन्टाइनमा रहदा भएका समस्या तथा राज्यको लापरवाहीको बिरोध समेत गरेका छन् भने सरकारले गरेका राम्रा सहयोग पर्ती आभार समेत ब्यक्त गरेका छन् ।
बाक्लो संख्यामा युवा सहभागिता रहेको भेटघाट तथा छलफलका क्रममा उनिहरुले आफ्नो गाउपालिकाको समग्र बिकास र अनिमिततका विरुद्धमा सक्रियता पुर्बक लाग्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
यस छलफलमा छिट्टै बङगलाचुली गाउपालिकाको भेला गरि राष्ट्रिय जनमोर्चाको पालिका स्तरिय समिती गठन गर्ने योजना समेत बनेको छ ।
प्रतिक्रिया