US Khabar

‘देशको संकटमोचनका लागि केपी ओलीलाई बिदा र न्यायाधीशमाथि महाअभियोग लगाउनु पर्छ’

- Admin | ३ वर्ष पहिले प्रकाशित

‘देशको संकटमोचनका लागि केपी ओलीलाई बिदा र न्यायाधीशमाथि महाअभियोग लगाउनु पर्छ’

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन माग गर्नुका साथै केपि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सुझाव दिएका छन् । डा. भट्टराईले आफ्नो सामाजिक सञ्जाल ट्वाटर मार्फत बुँदागत रुपमा न्यायाधीशमाथि महाअभियोगको माग सहितका सुझाव दिएका हुन् ।

श्रीमती हत्या अभियोगमा सर्बस्व हरण सहित जन्म कैदको सजाय फैसला भएका पूर्व पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएपछि उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई अपराधका संरक्षक भन्दै उनिमाथी महाअभियोग लगाउनु पर्ने बताएका हुन् ।

डा. भट्टराईले देश संकट तिर जादैं गरेको भन्दै यसका लागि संकटमोचन गर्नु पर्ने बताएका छन् । उनका अनुसार संकट मोचनका लागि अपराधका संरक्षक न्यायाधिसमाथी महाअभियोग लगाउनु पर्ने, संसद महाधिबेशन बोलाउनु पर्ने, केपी ओलीलाई बिदा गरेर नेकपा भित्रैबाट नयाँ प्रधानमन्त्री ल्याउनु पर्ने, भ्रष्टचार नियन्त्रणका लागि शक्तीशाली लोकपाल गठन गर्नुपर्ने र प्रतक्ष्य निर्वाचन मार्फत कार्यकारी राष्ट्रपति ल्याउनु पर्ने सुझावहरु रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">