US Khabar

प्रेम प्रस्ताव नस्विकारेका कारण पवित्रामाथी एसिड प्रहार गरको अभियुक्तको बयान

- Admin | ३ वर्ष पहिले प्रकाशित

प्रेम प्रस्ताव नस्विकारेका कारण पवित्रामाथी एसिड प्रहार गरको अभियुक्तको बयान

काठमाण्डौको सोल्टी दोबाटोमा २२ बर्षिया युवतीलाई एसिड प्रहार गरेका २ ब्यक्ती पक्राउ परेका छन् । २२ वर्षीया युवती पवित्रा कार्कीमाथि बिहीबार साँझ एसिड प्रहार गरेका  आरोपमा मोहम्मद आलम र मुन्ना मोहम्मद नामका २ अभियुक्त पक्राउ परेका हुन् ।

उनलाई एसीड प्रहार गर्ने युवा र यसको योजना बनाउने प्रौढ उमेरका यि दुईमध्य मुन्ना मोहम्मद भारतिय नागरिक हुन् भन मोहम्मद आलम रौतहटका हुन् ।

मोहम्मद आलम उमेरले पवित्रा भन्दा धेरै जेठा रहेको र पवित्रालाई मन पराउने गरेको अनुसन्धानमा खुलेको छ । आफुले पवित्रालाई मन पराएपनि उनले अर्कै केटा मन पराउने गरेको थाहा पाएपछि आवेगमा उनले यस योजना बनाएको प्रहरीले बताएको छ । आलममले आफ्ना कामदार मुन्ना मोहम्मदलाई पवित्रामाथी एसिड प्रहार गर्न लगाएका थिए ।

यता मुन्नाले भने आफुलाई रक्सी हो भनेर युवतीलाई चिनाएर उनलाई यो रक्सी छ्याप्न भनेकाले उनले रक्सी सम्झेर युवतीमाथी प्रहार गरेको बताएका छन् । एसिडले आफ्नो समेत हात जलेपछि मात्र यो एसिड भएको थाहा पाएको उनको दावि छ ।

ओलखढुंगा घर भै आफन्तसंग डेरामा बस्दै आएकी उनलाई बिहिबार साँझ करिव ७ बजे दही किन्न भनि घरबाट निस्केका समय एसिड प्रहार भएको हो ।

एसिड प्रहार लगत्तै स्वयम्भुमा स्थित मनमोहन अस्पतालमा पुर्याइए पनि उनको गम्भिरतालाई हेर्दै किर्तिपुर अस्पताल रिफर गरिएको थियो जहाँ उनको अहिले उपचार भै रहेको छ । उनको गाल कपाल र घाँटीको भाग जलेको छ ।

घाईते पवित्रा कारी राजधानीको हयात होटलमा कार्यरत कर्मचारी भएको बताईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">