US Khabar

काठमाडौंको सितापाइलामा २२ वर्षीया युवतीमाथी एसीड प्रहार

- Admin | ३ वर्ष पहिले प्रकाशित

काठमाडौंको सितापाइलामा २२ वर्षीया युवतीमाथी एसीड प्रहार

काठमाडौंको सितापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ । घरबाट सामान किन्न पसल निस्कीएकी २२ वर्षीया युवती पवित्रा कार्कीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो ।

ओखलढुंगा स्थायी घर भै सतापाइलामा दिदीसँग कोठा भाडामा बस्दै आइकी उनको एसिड प्रहारबाट गाल र घाँटी जलेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशीलकुमार यादवका अनुसार घरबाट पसल निस्किने बित्तिकै युवतीमाथी पछाडिबाट एसिड प्रहार भएको हो । एसिड प्रहार लगत्तै स्वयम्भुमा स्थित मनमोहन अस्पतालमा पुर्याइए पनि उनको गम्भिरतालाई हेर्दै किर्तिपुर अस्पताल रिफर गरिएको छ ।

एसिड प्रहार गर्ने ब्यक्ती फरार रहेकाले उनको खोजी भै रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">