US Khabar

श्रीमतीको हत्यामा संलग्न प्रेमिका तारा रेग्मीको गाडी चढेर कारागारबाट बाहिरिए पूर्व डिआइजी कोईराला

- Admin | ३ वर्ष पहिले प्रकाशित

श्रीमतीको हत्यामा संलग्न प्रेमिका तारा रेग्मीको गाडी चढेर कारागारबाट बाहिरिए पूर्व डिआइजी कोईराला

श्रीमती हत्या अभियोगमा जन्मकैदको सजाएँ सुनाईएका पूर्व डिआइजी रञ्जन कोईराला जेल मुक्त भएका छन् । २०६८ माघमा श्रीमती गीता ढकालको हत्या गरेर सर्वस्व हरण सहित जन्म कैदको फैसला पछि जेल चलान भएका कोईराला साँढे ८ बर्षमा नै कैद मुक्त भएका हुन् ।

सर्वोच्च अदालतले अभियुक्त कोईरालाका छोराहरुको संरक्षणमा बाधा पुगेको भन्दै उनको सजाय घटाउने फैसला गरेसंगै उनि आज जेल मुक्त भएका छन् । डिल्ली बजार कारागारमा रहेका उनलाई लिन उनिसंगै हत्यामा संलग्न तारा रेग्मी बा १८ च ५४१७ सेतो रंगको गाडी लिएर काराकार पुगेकी थिईन् । कोईराला उनकै गाडीमा जेलबाट निस्कीएका हुन् ।

चितवनकी तारा रेग्मी रञ्जनकी प्रेमिका भएको बताईएको थियो । गीता ढकालको हत्या प्रकरणमा २०७१ वैशाख ७ गते काठमाडौँ जिल्ला अदालतले रेग्मीलाई एक वर्ष कैद सजाय तोकेकामा कैद भुक्तान नगरी उनी फरार रहँदै आएकी थिइन् । २०७३ साल भदौमा पक्राउ गरिएको थियो । तिनै गीता ढकाल आफैंले गाडी चलाएर आज रञ्जन कोईरालालाई लिन पुगिन । जवकी छोराहरुको लागि संरक्षकको आवश्यकता भन्दै कोईरालालाई कारागाबाट छुटाईएको भनेपनि उनका छोराहरु उनलाई लिन गएनन् ।

यता हत्या भएकी उनकी श्रीमती गीताका पिता हरेराम ढकालले सर्बोच्चको यस फैसलाप्रति दुख ब्यक्त गरेका छन् । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कोइराला यति सजिलै छुट्नुले समाजमा हत्याराका लागि कानुन सामान्य छ भन्ने नकारात्मक सन्देशको उदाहरण यस घटनाले देखाएको भन्दै दुख ब्यक्त गरेका हुन् ।

यस घटनाले नेपालमा मान्छे मार्नेका लागि साढे ८ बर्षमात्र जेल सजाएँ रहेको सावित गरेको उनको तर्क छ । साढे ११ वर्ष कैद मिनाहा गरिएको यस घटनाले गीताका बुवाले भनेजस्तै नेपालमा हत्याको कानुन सजायँ माथी नै प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">