अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा स्थित चिनियाँ दूताबास हटाउन आदेश दिएपछि चिनले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । ट्रम्प प्रशासनले अमेरिकाको टेक्ससको ह्युस्टन स्थित दूतबास ७२ घण्टाभित्र बन्द आदेश दिएसंगै आक्रोशित बनेको चिनले जवाफी काराबाहीको चेतावनी दिएको हो ।
चीनको बिदेश मन्त्रालयले अमेरिकाले यस बिषयमा माफी माग्दै बिज्ञप्ती जारी नगरे जवाफी कारबाही गर्ने चेतावनी दिएको हो । अमेरिकी कदमप्रति खेद प्रकट गर्दै चीनले अमेरिकाले यो आदेश तुरुन्त रद्द नगरे परिणाम राम्रो नहुने भन्दै आक्रोस बयक्त गरेको छ ।
यस अघि चिनियाँ दूताबास मार्फत देश बिरोधी गतिबिधी तीब्र बन्दै गएको भन्दै अमेरिकी बिदेश बिभागका प्रवक्ता मोर्गन आर्टागसले अमेरिकी बौद्धिक सम्पदा र आफना नागरिकहरुको सुरक्षाका लागि चिनीयाँ दूताबास बन्द गर्न आदेश दिएको जनाएका थिए ।
प्रतिक्रिया